नेपाल राष्ट्र बैंक, कानून महाशाखा, वित्तीय जानकारी इकाई, वालुवाटार, काठमाडौंको प्रेस विज्ञप्ती
गैरकानूनी रूपमा आर्जित सम्पत्तिलाई कानूनी सम्पत्तिको रूपमा शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता आपराधिक कार्यहरूले कुनै पनि मुलुकको आर्थिक, सामाजिक र कानूनी प्रणालीमा नै नकारात्मक असर पार्ने भएकाले विश्वका हरेक राष्ट्रले यसलाई विशेष प्राथमिकता दिई यस विरुद्ध सशक्त ढङ्गले लडिरहेका छन् । सोही बमोजिम नेपालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लागू भई वित्तीय जाँचबुझको काम कारवाही गर्न सो ऐन बमोजिमको वित्तीय जानकारी इकाई यस बैंकमा स्थापना भई सो इकाईले आफ्नो काम कारवाही अगाडी बर्ढाई सकेको छ । यसै सर्न्दर्भमा यस इकाइबाट सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को उपदफा -३) बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पर्ूण्ा बैंक तथा वित्तीय संस्थाहरुलाई मिति २०६६।५।१ देखि लागू हुने गरी सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी निर्देशन, २०६६ जारी गरिएको छ । सो निर्देशनले प्रमुखरुपमा देहायका विषयहरुलाई समेटेको छ ।
· आफ्नो ग्राहकको स्पष्ट पहिचान (Know Your Customer) कायम गरी सोको विवरण राख्नु पर्ने,
· ग्राहकले बैंकले मागेको विवरण दिनु पर्ने,
· सीमा वा सो भन्दा बढी रकमका कारोवारको विवरण दिनु पर्ने,
· संकास्पद कारोवारको विवरण दिनु पर्ने,
· कार्यान्वयन अधिकृतको व्यवस्था गर्नुपर्ने,
· विवरण पठाउने पद्धति तोके बमोजिम कायम गर्नु पर्ने,
· आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्ने, आदि ।
सम्पत्ति शुद्धिकरण -मनि लाउन्डरिङ्ग) निवारण ऐन तथा सो अर्न्तर्गत जारी भएको नियम, विनियम, निर्देशन वा आदेश बमोजिम तोकिएको समयमा वित्तीय जानकारी इकाईलाई जानकारी उपलब्ध नगराउने बैङ्क वा वित्तीय संस्थालाई उक्त ऐन बमोजिम वित्तीय जानकारी इकाईले जरिबाना गर्न सक्ने तथा सम्पत्ति शुद्धिकरण -मनी लाउण्डरीङ्ग) निवारण ऐन वा सो अर्न्तर्गत जारी नियम, विनियम, निर्देशन वा आदेशको उल्लंघन गर्नेलाई सम्पत्ति शुद्धिकरण -मनी लाउण्डरीङ्ग) निवारण ऐन, २०६४ बमोजिम कारवाही हुने व्यवस्था गरेको हँुदा यी निर्देशन तथा सम्पत्ति शुद्धिकरण -मनी लाउण्डरीङ्ग) निवारणसँग सम्वन्धित सवै कानूनी व्यवस्थाको पालना गर्न सम्वन्धित सवैको कर्तव्य हो ।
यस निर्देशनले गैरकानूनी रुपमा सम्पत्ति शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्नेजस्ता आपराधिक कार्यहरूका विरुद्ध वित्तीय क्षेत्रमा कार्यरत संस्थाहरुलाई समेत जिम्मेवार बनाई सामुहिकरूपमा यस्ता अपराध नियन्त्रण गर्ने उक्त ऐनको अवधारणा अनुरुप त्यस्ता संस्थाहरुले गर्नु पर्ने कार्यको व्यवस्था गर्दै यस सम्वन्धी आवश्यक सूचना तथा सहयोग आदानप्रदान गर्न, यस्ता अपराध विरुद्ध कानूनी कारवाहीको लागि हुने जाँचबुझ, अनुसन्धान तथा तहकिकातलाई सशक्त एवं प्रभावकारी बनाउन समेत सहयोग पुग्ने आशा गरिएको छ ।
मितिः २०६६।४।२७
