नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय जानकारी इकाइबाट जारी भएको अत्यन्त जरुरी सूचना
सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १० को उपदफा -३) बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई मिति २०६६।५।१ देखि लागू हुने गरी वित्तीय जानकारी इकाईले सम्पत्ति शुद्धिकरण निवारण सम्वन्धी निर्देशन, २०६६ जारी गरेको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन सम्पूर्णक़ बैंक तथा वित्तीय संस्था तथा अन्य सरोकारवालाहरुलाई यो सूचना जारी गरिएको छ । साथै सो निर्देशन तथा यस सम्वन्धी अन्य सूचना तथा जानकारीहरु नेपाल राष्ट्र बैंकको वेभ साइट (http://www.nrb.org.np) को FIU-Nepal भन्ने शिर्षक अर्न्तगत हेर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशीत गरिएको छ ।
नेपाल राष्ट्र बैंक
वित्तीय जानकारी इकाई
वालुवाटार, काठमाण्डौ
