नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको राष्ट्रिय वीमा संस्थानको निर्जीवन वीमातर्फो शेयर बापत बुझाउनु पर्ने बाँकी रकमको म्याद थप गरिएको बारे सूचना |
|---|
मिति २०६४/२/१ मा शेयर बाँडफाँड भएको सूचना प्रकाशित गरी बाँडफाँडमा परेका आवेदन कर्ताहरुलाई ३५ दिनको म्याद दिई बाँकी ९० प्रतिसतले हुने रकम आफूले आवेदन बुझाएको कार्यालयमा बुझाई सोको सक्कल भौचर सहित सर्म्पर्क गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि सूचना प्रकाशित गरिएकोमा केही आवेदन कर्ताहरुले उक्त अवधिभित्र बुझाउनु पर्ने बाँकी रकम विभिन्न कारणले बुझाउन नसकेकोले बुझाउन पाउने व्यवस्थाको लागि अनुरोध गरी निवेदन समेत प्राप्त हुन आएकोले पुनः ७ दिनभित्र बाँकी रकम जम्मा गरी सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । उक्त अवधिभित्र पनि बुझाउनु पर्ने बांकी रकम नबुझाएमा शेयर खरिदवापत जम्मा गरेको १० प्रतिसत रकम जफत हुने व्यहोरा समेत जानकारी गराइन्छ । साथै यो सूचना यस बैंकको web site: www.nrb.org.np मा तथा यस बैंकको सूचना पाटीमा टांसिएको व्यहोरा समेत जानकारी गर्राईन्छ । नेपाल राष्ट्र बैंक |