नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
नेपाल राष्ट्र बैंक समाचार रंगिन छपाई सम्बन्धी
शिलबन्दी वोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति ः २०६४।८।१२ गते)
यस बैंकबाट प्रकाशन गरिने नेपाल राष्ट्र बैंक समाचार मासिक रंगिन पत्रिका चालु आ.ब. २०६४/०६५ को बांकी अवधिका लागि Negative Computerized Seperation गरी Colourful अफसेट प्रविधिबाट छपाई गर्नु पर्ने भएकोले छपाई गर्न इच्छुक छापाखानाहरुसंग मिति २०६४।९।१५ गतेका दिन दिनको १२ः०० बजे भित्र यस विभागमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
वोलपत्र फाराम रु. १,०००।- तिरी -पछि फिर्ता नहुने) यस विभागबाट मिति २०६४।९।१३ गते शुक्रवार कार्यालय समय सम्म -दिनको १ः३० वजे भित्र) यस विभागका साथै थापाथली स्थित बैकिंग कार्यालयबाट प्राप्त गर्न सकिने छ । वोलपत्र साथ अर्नेष्ट मनी बापत बोलकबोल अंकको २.५ प्रतिशतले हुने रकम यस बैंकको बैकिंग कार्यालय थापाथलीस्थित सा.हि.नं. ९ मा जम्मा गरेको सक्कलै भौचर वा यस बैंकबाट मान्य हुने कुनै पनि बैंकमा कम्तिमा १२० दिनको बैंक ग्यारेन्टी -विडबण्ड) संलग्न हुनु पर्ने छ । बोलपत्र सम्बन्धी सम्पूर्ण शर्त तथा बिवरणहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ ।
सामान्य सेवा विभाग
बालुवाटार