COVID-19 Related Information

 कोभिड१९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंकबाट भएका प्रयासहरू

कोभिड–१९ को विश्वव्यापी संक्रमणसँगै नेपालमा समेत यसले पारेको असरलाई समूचित सम्बोधन गरी बैंकिङ तथा वित्तीय सेवालाई सहज रूपमा सूचारु राख्न र कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरलाई यस बैंकले सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको छ । मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा वित्तीय क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै यस बैंकबाट सम्बन्धित सबैलाई सहज हुनेगरी विभिन्न नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइसकिएको छ । यसैगरी, आगामी दिनमा समेत अन्य नीतिगत व्यवस्थामार्फत थप सहजता प्रदान गर्नका निम्ति आवश्यक अध्ययन भइरहेको छ ।

१. कोभिड१९ का कारण नेपालको अर्थतन्त्रमा पर्नसक्ने असरको अध्ययन गर्न कार्यदल गठन

कोभिड–१९ को विश्वव्यापी संक्रमणसँगै यसबाट नेपालको अर्थतन्त्रमा पर्नसक्ने असर र त्यसलाई सम्बोधन गर्न बैंकको तर्फबाट अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सन्दर्भमा बैंकको मिति २०७६/१२/२५ को निर्णयानुसार देहायबमोजिमको कार्यदल गठन गरिएको र उक्त  कार्यदलले गठन भएको मितिदेखि नै अध्ययन कार्य गरिरहेको छ ।

१. कार्यकारी निर्देशक, अनुसन्धान विभाग                                  –        संयोजक

२. निर्देशक, बैंक तथा वित्तीय संस्था नियमन विभाग                      –        सदस्य

३. निर्देशक, बैंक सुपरिवेक्षण विभाग                                        –        सदस्य

४. निर्देशक, भुक्तानी प्रणाली विभाग                                        –        सदस्य

५. निर्देशक, विदेशी विनिमय व्यवस्थापन विभाग                          –       सदस्य

६. अध्यक्ष, नेपाल बैंकर्स संघ                                                 –       सदस्य

७. निर्देशक, अनुसन्धान विभाग (मौद्रिक तथा पुँजी बजार शाखा)       –      सदस्य–सचिव

उक्त कार्यदलको प्रारम्भिक प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल राष्ट्र बैंक, व्यवस्थापन समितिमा छलफल भई बैंक सञ्चालक समितिसमक्ष पेश गरिएको छ ।

२. कोभिड१९ का कारण वित्तीय क्षेत्रमा परेको असरउपर नियामकीय सम्बोधन गर्न कार्यदल  गठन

कोभिड–१९ का कारण वित्तीय क्षेत्रमा परेको असरउपर नियामकीय सम्वोधन गर्न यस बैंकले चाल्नुपर्ने कदमका सम्बन्धमा नेपाल राष्ट्र बैंक, व्यवस्थापन समितिको मिति २०७७/०१/२१ को निर्णय अनुसार देहायबमोजिमको कार्यदल गठन गरिएको छ ।

१. कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संस्था नियमन विभाग       –          संयोजक

२. निर्देशक, अनुसन्धान विभाग                                           –          सदस्य

३. प्रतिनिधि, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था                         –          सदस्य

४. प्रतिनिधि, नेपाल लेखामान बोर्ड                                       –          सदस्य

५. प्रतिनिधि, नेपाल बैंकर्स संघ                                            –          सदस्य

६. निर्देशक, बैंक तथा वित्तीय संस्था नियमन विभाग                   –          सदस्य–सचिव

उपरोक्त कार्यदललाई देहायका विषयहरूमा केन्द्रित रहेर १५ दिनभित्र नीतिगत सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने कार्यादेश दिइएको छ ।

    • Interest Recognition on credit
    • Moratorium Period
    • Loan Classification and Provisioning
    • Credit Restructuring and Rescheduling
    • Interest Capitalization
    • Capital Adequacy Related Issues

३. बैंक तथा वित्तीय संस्थाको सुक्ष्म निगरानी सम्बन्धमा

नेपाल राष्ट्र बैंक, व्यवस्थापन समितिको मिति २०७७/०१/२१ को निर्णयबमोजिम बैंक तथा वित्तीय संस्थाको सुक्ष्म निगरानी सम्बन्धमा देहायबमोजिम निर्देशन दिइएको छ ।

क. कोभिड–१९ का कारण बैंक तथा वित्तीय संस्थाहरूलाई परेको असर न्यूनीकरणका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सुक्ष्म निगरानी गर्न सम्बद्ध सुपरिवेक्षण विभागलाई निर्देशन दिइएको छ ।

ख. यस प्रयोजनको लागि प्रत्येक सुपरीवेक्षण विभागमा रहेको बैंक तथा वित्तीय संस्था हेर्ने डेस्कले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई सुक्ष्म रूपमा अनुगमन गरी मासिक प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

ग. यसरी अनुगमन गरी पेश गर्नुपर्ने देहायबमोजिमको व्यहोरा खुल्ने प्रतिवेदनको ढाँचा चारवटै  सुपरिवेक्षण विभागले आपसमा समन्वय गरी तय गर्न निर्देशन दिइएको छ ।

    • सम्बन्धित बैंक तथा वित्तीय संस्थामा परेको कोभिड–१९ को समग्र असर,
    • कोभिड–१९ को सम्बन्धमा यस बैंकले लिएका नीतिबाट सम्बन्धित बैंक तथा वित्तीय संस्थामा परेको प्रभाव,
    • बैंक तथा वित्तीय संस्थाको समग्र तुलनात्मक वित्तीय स्थिति–२०७६ असार, २०७६ पुस, २०७६ फागुन र तत्पश्चात सम्बन्धित महिनाहरूको तुलनात्मक वित्तीय स्थिति,
    • बैंक तथा वित्तीय संस्थाको तरलताको अवस्था र विश्लेषण,
    • बैंक तथा वित्तीय संस्थाको Solvency अवस्था र विश्लेषण,
    • बैंक तथा वित्तीय संस्थाले तत्काल चाल्नुपर्ने कदमहरू,
    • यस बैंकले चाल्नुपर्ने कुनै कदम भएमा सोको व्यहोरा,
    • बैंक तथा वित्तीय संस्थाको अवस्था र कामकारवाहीबाट प्रणालीगत रूपमा पर्नसक्ने असर,

घ. उपरोक्त विषयहरू समेटिएको पहिलो प्रतिवेदन आगामी २०७७ जेठ १५ भित्र पेश गर्न      सम्बन्धित विभागहरूलाई निर्देशन दिइएको छ ।

४. बैंक तथा वित्तीय संस्थाका ऋणीहरुमा परेको असरको सुक्ष्म अध्ययन सम्बन्धमा

मिति २०७७।०१।०८ मा सुचना जारी गरी बैंक तथा वित्तीय संस्थाले रु ५करोड वा सो भन्दा बढी कर्जा प्रभाव गरेका ऋणीहरुको कर्जाको तथा कर्जा भुक्तानीको अबस्था, व्यवसायमा परेको असरको प्रकृति, पूर्ववत रुपमा सञ्चालनमा आउनका लागि आवश्यक योजना तथा यसको लागि लाग्ने समय समेतको विस्तृत विवरण मिति २०७७।०२।१५ भित्र पेश गर्न निर्देशन दिइएको छ ।

 

बैंकबाट जारी भएका विभिन्न परिपत्र, सूचना र जानकारीहरू

कोभिड–१९ को विश्वव्यापी महामारीबाट सिर्जना हुने जोखिम न्यूनीकरणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारणले उद्योग, पेशा, व्यवसायमा परेको असरका कारण बैंक तथा वित्तीय संस्थाको सावाँ, ब्याज भुक्तानी तथा अत्यावश्यक बैंकिङ सेवाको सहजीकरणका लागि देहायबमोजिमका परिपत्र, निर्देशन तथा सूचनाहरु जारी गरिएको छ ।

१. बैंक तथा वित्तीय संस्था नियमन विभागसम्बद्ध परिपत्र र सूचनाहरू

  • एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने सम्बन्धमा जारी गरिएको सूचना (२०७७/०१/१६ गते)

https://www.nrb.org.np/contents/uploads/2020/05/notice-for-upload.pdf

  • ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको कर्जा वर्गीकरण, बैंक दरलगायत अन्य नीतिगत व्यवस्थासम्बन्धी परिपत्र (२०७७/०१/१६ गते)

https://www.nrb.org.np/contents/uploads/2020/04/Circular-for-ABC-1.pdf

  • ब्यादरमा सहुलियत दिनुपर्नेसम्बन्धी सूचना, (२०७७/०१/१६ गते)

https://www.nrb.org.np/contents/uploads/2020/04/Notice-ABCD.pdf

  • बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई नियमित रूपमा रिपोर्टिङ गर्नुपर्नेसम्बन्धी सूचना (२०७७/०१/०३)

https://archive.nrb.org.np/bfr/circular/2076-77/2076_77_(Notice)–19-Reporting_Related-new.pdf

  • कोभिड–१९ को संक्रमणका कारण पर्यटन, उद्योग, व्यापार तथा वित्तीय क्षेत्रमा पर्नसक्ने असरलाई न्यूनीकरण गर्नको निम्ति बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको नीतिगत निर्देशन (२०७६/१२/१६)

https://archive.nrb.org.np/bfr/circular/2076-77/2076_77_(Notice)–18-Covid-19_Related-new.pdf

  • सेवाग्राहीलाई न्यूनतम बैंकिङ सेवा प्रवाह गर्नुपर्नेसम्बन्धी सूचना (२०७६/१२/१२)

https://archive.nrb.org.np/bfr/circular/2076-77/2076_77_(Notice)–17-Coronavirus(Covid-19)_Update_Related-new.pdf

  • स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अवलम्बन गर्दै अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्नेसम्बन्धी सूचना  (२०७६/१२/०९)

https://archive.nrb.org.np/bfr/circular/2076-77/2076_77_(Notice)–16-Coronavirus(Covid-19)_Related-new.pdf

२. विदेशी विनिमय व्यवस्थापन विभागसम्बद्ध परिपत्र र सूचनाहरू

  • Copy documents को आधारमा प्रतीतपत्रमार्फत सामान आयातको भुक्तानी गर्न सकिनेसम्बन्धी सूचना (२०७७/०१/०८)

https://www.nrb.org.np/contents/uploads/2020/04/Notice_Copydocs-N-Usance.pdf

  • विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई निर्वाह खर्चवापत उपलब्ध गराइने सटही सुविधा, सुनको दैनिक परिमाण र केही वस्तुको आयातमा बन्देज लगाइएकोसम्बन्धी परिपत्र (२०७६/१२/१९)

https://www.nrb.org.np/contents/uploads/2020/04/Circular10-2076-77_20200401_0001.pdf

  • साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीलाई निर्वाह खर्चवापत उपलब्ध गराइने सटही सुविधासम्बन्धी परिपत्र (२०७६/१२/१४)

https://www.nrb.org.np/contents/uploads/2020/04/Circular9-2076-77.pdf

  • औषधी तथा स्वास्थ्य उपकरणको आयातसम्बन्धी परिपत्र, (२०७६/१२/१२)

https://www.nrb.org.np/contents/uploads/2020/04/Circular-8-2076-77.pdf

३. भुक्तानी प्रणाली विभागसम्बद्ध परिपत्र र सूचनाहरू

  • RTGS मार्फत हुने भुक्तानी कारोबारमा शुल्क नलाग्नेसम्बन्धी परिपत्र (२०७६/१२/०९)

https://www.nrb.org.np/contents/uploads/2020/04/RTGS-Txn-Fee-waive.pdf

  • मोबाईल, ईन्टरेनेट र वालेटमार्फत हुने फण्ड ट्रान्सफर कारोबारको सीमासम्बन्धी सूचना, (२०७६/१२/०९)

https://www.nrb.org.np/contents/uploads/2020/04/Circular_Electronic_Txns_Limit_Amendment_20200322-1.pdf

 ४. अन्य सूचना तथा जानकारी

  • बैंकिङ तथा वित्तीय सेवासम्बन्धी समस्या, सुझाव र जिज्ञासाको निम्ति सम्पर्क अधिकारी तोकिएकोसम्बन्धी सूचना (२०७७/०१/०८)

https://archive.nrb.org.np/ofg/cms_notices/Notice_OFG.pdf

संक्रमणको जोखिम न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंकभित्र गरिएका व्यवस्थाहरू

  • सम्पुर्ण कर्मचारीको हाजिरी Biometric Attendance को सट्टा Electronic ID Card बाट हुने व्यवस्था गरिएको ।
  • उपत्यकास्थित सबै कार्यालय परिसरमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको Infrared Radiation (IR) Thermometer द्वारा शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको ।
  • कार्यालयको मूल गेट र अन्य प्रवेशद्वारमा सेवाग्राहीको लागि Hand Sanitizer को व्यवस्था गरिएको ।
  • सामाजिक दूरी कायम गरी एक तिहाई कर्मचारीहरूको उपस्थितिबाट बैंकको काम सञ्चालन गर्ने व्यवस्था गरिएको । साथै, कामको प्रकृतिबमोजिम कर्मचारीहरूलाई Work From Home को व्यवस्था मिलाइएको ।
  • सुरक्षा समूहका कर्मचारीलाइ Surgical Mask र Gloves को व्यवस्था गरिएको ।
  • कार्यालय परिसर, कार्यस्थल, मुल गेट, ढुकुटी तथा काउण्टरहरू Disinfect गर्ने व्यवस्था मिलाइएको ।
  • नेपाल सरकार एवम् कोभिड-१९ रोकथाम उच्चस्तरीय समितिबाट कोरोना भाइरस जोखिम न्युनीकरणको लागि गरेका व्यवस्थाहरू तथा मापदण्डहरू अवलम्बन गरी बैंकले निरन्तर अत्यावश्यकीय सेवा प्रदान गरिरहेको ।