अनिवार्य नगद अनुपात भनेको के हो ?

अनिवार्य नगद अनुपात (Cash Reserve Ratio) भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दातवापत राख्नुपर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको चार प्रतिशत रकम अनिवार्य नगद अनुपातवापत राख्नुपर्ने व्यवस्था छ । यो मौद्रिक नीतिको उपकरण हो ।