उपभोक्ता मुद्रास्फीति भनेको के हो ?

उपभोक्ता मुद्रास्फीति भन्नाले आम उपभोक्ताले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा भएको वृद्धिलाई बुझाउँछ । मुद्रास्फीतिले कुनै एक वस्तु वा सेवामा भएको मूल्यवृद्धिको नभई समग्र वस्तु तथा सेवाको औसत मूल्यमा आएको परिवर्तनको दर (rate of change) लाई देखाउँछ ।