एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जामा एकै बैंकमा १५ लाख मुनिका एउटै ऋणीका एकभन्दा बढी कर्जा भएमा सबै कर्जाले पुनरकर्जा पाउँछन् कि पाउँदैनन् ?

एउटै ऋणीका एकै बैंकमा १५ लाख मुनिका एकभन्दा बढी कर्जा भएमा सबै कर्जाले एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जा पाउँदैनन् । पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाको लागि ऋणी छनौट गर्दा पालना गर्नुपर्ने प्राथमिकताका आधारहरू तोकिदिएकोले सोही प्राथमिकताका आधारमा बैंक तथा वित्तीय संस्थाले ऋणीहरू छनौट गरी पुनरकर्जा माग गर्दछन् ।