कुनै पनि संस्था नेपाल राष्ट्र बैंकबाट इजाजत/अनुमति प्राप्त संस्था हो होइन भनेर कसरी चिन्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकबाट इजाजत/अनुमति प्राप्त संस्थाले आफ्नो साइनबोर्डमा “नेपाल राष्ट्र बैंकबाट इजाजत/अनुमति प्राप्त संस्था” भनेर लेखेको हुन्छ । यसका साथै, यस बैंकबाट इजाजत/अनुमति प्राप्त संस्थाहरूको सूची यस बैंकको वेबसाइटमा समेत राखिएको हुन्छ ।