के प्राकृतिक व्यक्तिले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र लिन सक्दछन् ?

प्राकृतिक व्यक्तिले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र लिन सक्दैनन् । कानुनबमोजिम स्थापित फर्म, कम्पनी, सङ्गठित संघ, संस्थाहरुले मात्र विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र लिन सक्छन् । मनिचेञ्जरको इजाजतपत्र लिने संस्था कम्पनी हुनुपर्दछ ।