के सामाजिक सञ्जाल तथा अनलाइन मार्फत गरिने विज्ञापन बापत विदेशी मुद्राको भुक्तानी /प्राप्ति अवैध हो ?

सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका विज्ञापनबापत विदेशी मुद्राको भुक्तानी/प्राप्ति अनौपचारिक माध्यमबाट गरिएको खण्डमा सो कार्य अवैध मानिन्छ, तर यस्तो विज्ञापनको भुक्तानी/प्राप्ति बैंकिङ प्रणाली तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेका भुक्तानी सेवा प्रदायकबाट गरेको खण्डमा वैधानिक रूपमा कारोबार भएको मानिन्छ ।