खुला बजार कारोबार भनेको के हो र यसले कसरी काम गर्दछ ?

बजारमा तरलता व्यवस्थापन गर्ने र ब्याजदरलाई उपर्युक्त स्तरमा राख्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालीन अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद÷बिक्री वा धितो राखी तरलता प्रवाह÷प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । मुद्रास्फीति र अर्थतन्त्रका अन्य परिसूचकहरूको अवस्था हेरी केन्द्रीय बैंकले खुला बजारमा सरकारी ऋणपत्रहरू खरिद–बिक्री गर्ने गर्दछ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्छ र ब्याजदर कम हुन जान्छ । त्यसै गरी, खुलाबजारमा केन्द्रीय बैंकले ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र ब्याजदर बढ्न सक्छ ।