च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही नेपालमा हुन्छ ?

च्यातिएको, मैलिएको, झुत्रिएको, प्वाल परेको, केरमेट भएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको विदेशी नोटको सटही सम्बन्धित नोट निष्काशन गर्ने मौद्रिक अधिकारी/केन्द्रीय बैंकको सफा नोट नीति बमोजिम हुने गरेको छ । विदेशी नोट निष्काशन गर्ने अधिकार सम्बन्धित मौद्रिक अधिकारी/केन्द्रीय बैंकसँग रहने हुनाले त्यस्ता विदेशी नोटको सटही नेपालमा गरिदिन नेपाल राष्ट्र बैंक बाध्य हुने छैन ।