जोखिममा आधारित सुपरिवेक्षण भनेको के होर यो किन आवश्यक छ ?

बैंक वा वित्तीय संस्थाले गरेको कार्यहरुबाट सृजना हुन सक्ने जोखिमको परिमाण, अवस्था तथा सोबाट पर्न सक्ने प्रभावको आँकलन र जोखिम व्यवस्थापनका लागि अवलम्बन गरेको अभ्यास समेतको मूल्यांकन गरी निरीक्षण टोलीले समष्टिगत स्थलगत निरीक्षण गरेको बैंक वा वित्तीय संस्थाको जोखिम विवरण (रिस्क प्रोफाइल) तयार गर्दछ । यसैलाई आधार मानी बैंक तथा वित्तीय संस्थाहरुको समष्टिगत स्थलगत निरीक्षण गर्ने वा लक्षित स्थलगत निरीक्षण गर्ने भनी छुट्याइन्छ । यसरी सम्पन्न गर्ने निरीक्षण कार्यलाई नै जोखिममा आधारित सुपरिवेक्षण भनिन्छ ।
उच्च जोखिम विवरण भएका बैंकहरुमा सुपरिवेक्षकीय निगरानी बढाउदै न्यून जोखिम विवरण भएका बैंकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग गर्न जोखिममा आधारित सुपरिवेक्षण आवश्यक छ ।