निर्यात र आयात मूल्य सूचकाङ्क भन्नाले के बुझिन्छ ?

निश्चित समयावधिमा निर्यात र आयात गरिएका वस्तुहरूको इकाई मूल्यलाई निर्यात र आयात मूल्य सूचकाङ्कले मापन गर्दछ । निर्यात–आयात मूल्य सूचकाङ्क अनुपातलाई व्यापारको सर्त (Terms of Trade) पनि भनिन्छ । निर्यात–आयात मूल्य सूचकाङ्क अनुपात बढेमा निर्यात गर्ने मुलुकका लागि अन्तर्राष्ट्रिय व्यापारको सर्त अनुकूल भएको मानिन्छ । नेपाल राष्ट्र बैंकले निर्यात आयात मूल्य सूचकाङ्क मासिक रूपमा प्रकाशन गर्दै आएको छ ।