नेपालमा कति प्रकारका विदेशी मुद्रा खरिद बिक्री हुन्छन् ?

नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम हाल २१ प्रकारका विदेशी मुद्राहरु (भारतीय मुद्रासमेत) को खरिद बिक्री हुन्छ । उक्त विदेशी मुद्राहरु र ती मुद्राको विनिमय दरसम्बन्धी जानकारी दैनिक रूपमा नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org.np) र गोरखापत्र राष्ट्रिय दैनिकमार्फत प्रकाशन हुन्छ ।