नेपालमा कार्यरत विदेशी नागरिकले नेपालमा प्राप्त गरेको पारिश्रमिकमध्ये कति रकमसम्म विदेशमा पठाउन सक्ने व्यवस्था छ ?

नेपालस्थित फर्म, कम्पनी, संस्थामा कार्यरत विदेशी नागरिकले नेपालमा प्राप्त गरेको तलब, भत्ता तथा अन्य सुविधाबापतको रकममा कर कट्टीपश्चात् बाँकी हुने रकमको ७० प्रतिशतसम्म विदेशी मुद्रा आफ्नो देशमा पठाउन सक्ने व्यवस्था छ ।