नेपालमा विदेशी मुद्राको सटही दर कसले निर्धारण गर्दछ ?

विदेशी मुद्राको सटही दर नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनको लागि निर्धारण गर्दछ । बैंक तथा वित्तीय संस्थाहरुले भारतीय मुद्राबाहेक विदेशी मुद्राहरुको सटही दर निर्धारण गर्दछन् । भारतीय मुद्राको सटही दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेबमोजिम नै हुन्छ ।