नेपालमा विदेशी लगानीको लागि सीमा कति तोकिएको छ ?

नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता रु.दुई करोड तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।
तर, नेपाल सरकार र गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न गैरआवासीय नेपाली (प्राकृतिक व्यक्ति) लाई विदेशी लगानीको न्यूनतम सीमा लागू हुँदैन ।