नेपाली नागरिकहरूका लागि भारतीय रूपैयाँ सटही सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट के व्यवस्था गरिएको छ ?

नेपाली नागरिकहरूका हकमा नागरिकता वा नेपाल सरकारले जारी गरेका अन्य परिचयपत्रहरूको सक्कल कागजातका आधारमा दुर्इ हप्तामा अधिकतम भारतीय रूपैयाँ १०,०००।- सम्म सटही गर्न सकिने व्यवस्था छ ।