नेपाल राष्ट्र बैंकको कार्यालय कुन कुन प्रदेशमा रहेका छन् ?

नेपाल राष्ट्र बैंकको कार्यालय मुलुकका सात वटै प्रदेशमा रहेका छन् । प्रदेश–१ को विराटनगर, मधेश प्रदेशको जनकपुर र वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय रहेका छन् । बाग्मती प्रदेशको काठमाडौंमा केन्द्रीय कार्यालय, बैंकिङ विभाग र टक्सार महाशाखा रहेका छन् । प्रादेशिक कार्यालय सुर्खेतबाट हाल आर्थिक अनुसन्धान र सीमित सरकारी कारोबारसम्बन्धी कार्य मात्र हुँदै आएको छ ।