नेपाल राष्ट्र बैंकको कुन विभागले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दछ ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको कारोबार सम्बन्धमा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट, विदेशी विनिमय कारोबार सम्बन्धमा विदेशी विनिमय व्यवस्थापन विभागबाट र भुक्तानी तथा फछ्यौट सम्बन्धमा भुक्तानी प्रणाली विभागबाट निर्देशन जारी गर्ने गरिएको छ ।