नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था कति प्रकारका छन् ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था खासगरी वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु गरी ४ प्रकारका छन् । यी संस्थाहरूलाई क्रमशः “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाको रुपमा समेत वर्गीकरण गरिएको छ । यी बाहेक पूर्वाधार विकास बैंक र हायर पर्चेज कम्पनीहरु पनि यस बैंकबाट इजाजतप्राप्त संस्थाहरु हुन् ।