नेपाल राष्ट्र बैंकबाट र्सवसाधारणले के कस्ता सेवाहरु प्रत्यक्षरुपमा प्राप्त गर्न सक्दछन् ?

नेपाल राष्ट्र बैंकबाट र्सवसाधारणले सिक्का तथा नोट सटही, विदेशी मुद्रा सटही, सुन, असर्फी तथा चाँदीको सिक्का, स्मारिका सिक्का खरिद, सरकारी ऋणपत्रहरूको खरिद/विक्री तथा बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरूबाट भएका काम कारवाही बारे कुनै गुनासो भएमा सोको सुनुवाइ र सम्बोधन सम्बन्धी सेवाहरू प्राप्त गर्न सक्दछन ।