नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी के कस्ता गुनासो गर्न मिल्छ ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त कुनै संस्था वा सेवा प्रदायकले सेवाग्राहीलाई कुनै प्रकारको विभेद, असहयोग, अपारदर्शी कामकारबाही, बेवास्ता, गैर जिम्मेबार वा हेलचक्राइपूर्वक व्यवहार गरी आर्थिक/गैर?आर्थिक हानी नोक्सानी पुग्ने कार्य गरे/गराएमा वा नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित नियम, कानून तथा निर्देशनको परिधिभन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरे/गराएमा सो सम्बन्धी गुनासो गर्न सकिन्छ ।