नेपाल राष्ट्र बैंकले कस्ता तथ्याङ्क संकलन, प्रशोधन र प्रकाशन गर्दछ ?

नेपाल राष्ट्र बैंकले कर्जा, निक्षेप तथा वित्तीय क्षेत्र, भुक्तानी सेवा, मूल्य, वित्तीय पहुँच, मुद्राप्रदाय, सरकारी राजस्व तथा खर्च, शोधनान्तर तथा अन्तर्राष्ट्रिय वित्तलगायत अन्य समष्टिगत आर्थिक तथा वित्तीय क्षेत्रसम्बन्धी विषयमा आवश्यकताअनुसार तथ्याङ्क सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्दछ । यस्ता तथ्याङ्कलाई यस बैंकका विभिन्न प्रकाशन तथा वेबपेजअन्तर्गतको Databases on Nepalese economy बाट पनि प्राप्त गर्न सकिन्छ ।