नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनहरु कहांबाट प्राप्त गर्न सकिन्छ ?

यस बैंकबाट जारी निर्देशनका Soft Copy को हकमा “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू तथा लघु वित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन तथा सूचनाहरु यस बैंकको वेवर्साईटमा रहेको Regulation & Supervision वेवपेज अर्न्तर्गत Bank & Financial Institution Regulation बाट, विदेशी विनिमय कारोबार सम्बन्धमा र भुक्तानी तथा फछ्यौट सम्बन्धमा सोही वेवपेजको क्रमशः Foreign Exchange Management र Payment Systems Department बाट प्राप्त गर्न सकिन्छ भने छपाई भएका प्रतिहरु (Hard Copy) उपलब्ध भएसम्म सम्बन्धित विभागबाट प्राप्त गर्न सकिन्छ ।