नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मुद्रास्फीति दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धिबीच कहिलेकाहीँ किन तालमेल नभएको अनुभूति हुन्छ ?

नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूचकाङ्क तोकिएका वस्तु तथा सेवा डालोमा संलग्न वस्तु तथा सेवाको भारित औसत मूल्य सूचकाङ्कमा आधारित हुन्छन् । यस्ता वस्तु तथा सेवालाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिएको हुन्छ । कुनै वस्तु तथा सेवाको मूल्य धेरैले वृद्धि भए तापनि अर्को वस्तु तथा सेवाको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु तथा सेवा खरिद गर्न जाँदा आफूले खरिद गर्ने वस्तु तथा सेवाको मात्र धेरैले मूल्य वृद्घि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्कको वृद्धि (मुद्रास्फीति दर) र आम जनताले महसुस गर्ने मूल्यवृद्धि बीच तालमेल नभएको अनुभूति हुनसक्छ ।