नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व बैंकिङ प्रणालीमार्फत कसरी बुझाउन सकिन्छ ?

नेपाल सरकारको राजस्व नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयमा बुझाउन सकिन्छ । यसका अतिरिक्त राजस्व सङ्कलन कार्यको लागि कार्यालयगत रूपमा सम्बन्धित वाणिज्य बैंकहरुलाई समेत अनुमति प्रदान गरिएको छ । जुन प्रयोजनका लागि राजस्व बुझाउनुपर्ने हो, सोही प्रयोजनका लागि तोकिएको बैंक शाखा/ काउण्टरबाट मात्र राजस्व बुझाउन सकिन्छ । केही कार्यालयहरूको राजस्व भने नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) ले सञ्चालनमा ल्याएको Connect IPS तथा महालेखा नियन्त्रक कार्यालयले सञ्चालनमा ल्याएको rajaswa.fcgo.gov.np मा लग इन गरी बुझाउन सकिन्छ ।