पुँजी खाता परिवर्त्यता भन्नाले के बुझिन्छ ?

शोधनान्तर खाताअन्तर्गत पुँजी तथा वित्तीय खातामा विनाअवरोध कारोबार गर्न पाउने सुविधालाई पुँजी खाता परिवत्र्यता भनिन्छ । नेपालले पुँजी खाताअन्तर्गतका कारोबारलाई पूर्ण रुपमा परिवत्र्य गरेको छैन । अधिकांश क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको छ भने वैदेशिक ऋण आप्रवाहलाई नियमन गरिएको छ । अर्कोतर्फ, छोटो समयका पुँजीगत आप्रवाह, रियल स्टेट लगानी, सरकारी ऋणपत्र तथा पुँजी बजारमा पोर्टफोलियो लगानी खुला गरिएको छैन । बाह्य पुँजी प्रवाहलाई पूर्ण रूपमा रोकिएको छ ।