पुनरकर्जाको लागि आवेदन साथ प्रत्येक ग्राहकको कागजात (फाइल) नेपाल राष्ट्र बैंक पठाउनु पर्दछ ?

ग्राहक ऋणीको सम्पुर्ण कर्जा फाइल नेपाल राष्ट्र बैंक पठाउनु पर्दैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको लागि मात्र ग्राहक ऋणीसँग सम्बन्धित तोकिएका कागजात नेपाल राष्ट्र बैंक पठाउनु पर्दछ । बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट प्रदान हुने पुनरकर्जामा प्रत्येक ऋणीको छुट्टा छुट्टै कागजात नेपाल राष्ट्र बैंक पठाउनु पर्दैन ।