पुनरकर्जाबाट ग्राहक ऋणीलाई कसरी फाइदा हुन्छ ?

पुनरकर्जा प्राप्त गर्ने ग्राहक ऋणीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा पुनरकर्जाको अवधिभर नेपाल राष्ट्र बैंकले तोकेको ब्याजदर मात्र तिरे पुग्छ । नेपाल राष्ट्र बैंकबाट तोकिने ब्याजदर बैंकहरूले लिने सामान्य ब्याजदरभन्दा कम हुने भएकाले ऋणी ग्राहकहरूलाई फाइदा हुन्छ ।