पुनरकर्जा प्राप्त गर्ने ऋणीले तिर्नु पर्ने ब्याजदर कति हुन्छ ?

नेपाल राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जामा ऋणीले तिर्नुपर्ने व्याजदर यस बैंकले समय समयमा तोके बमोजिम हुने गर्दछ । हालको व्याजदर देहाय बमोजिम रहेको छ ।

पुनरकर्जाको प्रकार ग्राहकले तिर्ने ब्याजदर
लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा ५ %
विशेष पुनरकर्जा ३ %
साधारण पुनरकर्जा ५ %