पुराना ऋणीले ब्याज अनुदान पाउँछन् कि पाउँदैनन् ?

पुराना ऋणीले ब्याज अनुदान पाउँदैनन् । ब्याज अनुदान सुविधा “सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” लागू भएपछि नयाँ कर्जा लिने ऋणीले मात्र ब्याज अनुदान पाउँछन् । व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाको हकमा यदि कसैले “व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७३” बमोजिम कर्जा प्राप्त गरेको भएमा उनीहरूले अनुदान प्राप्त गर्दछन् ।