प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गर्ने बैंक वा वित्तीय संस्था वा सोका पदाधिकारीलाई के कस्तो कारवाही हुन्छ ?

बैंक वा वित्तीय संस्था वा सोका पदाधिकारीले प्रचलित कानून वा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको नियमन, निर्देशन वा परिपत्रको उल्लङ्घन गरेमा कसुरको प्रकृति अनुसार सम्बन्धित ऐन तथा निर्देशनमा उल्लेख भएको कारबाही गरिन्छ ।