प्रविधि हस्तान्तरणमार्फत भएको विदेशी लगानीबाट आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृतिका लागि के-कस्ता कागजात पेश गर्नुपर्दछ ?

प्रविधि हस्तान्तरणमार्फत भएको विदेशी लगानीबाट आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृतिका लागि नियमनकारी निकायबाट स्वीकृत भएको प्रविधि हस्तान्तरण सम्झौता, प्रविधि हस्तान्तरण बापतको आर्जित रकम फिर्ता लैजानका लागि नियमनकारी निकायको स्वीकृतिपत्र, सम्बन्धित विदेशी लगानीकर्ताबाट जारी भएको बीजक, आर्जित रकममा नियमानुसार कर तिरेको निस्सा तथा आर्जित रकम फिर्ता पठाउने सटही स्वीकृति लिने सम्बन्धमा भएको सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय आर्जित रकम लेखापरीक्षकबाट प्रमाणित भएको विवरण र पछिल्लो करचुक्ता तथा लेखापरीक्षण भएको वित्तीय विवरण लगायतका कागजात पेश गर्नुपर्दछ ।