फर्म, कम्पनी वा संस्थाले भारत बाहेक तेस्रो मुलुकबाट नेपालमा सेवा लिए बापत विदेशी मुद्रामा भुक्तानी गर्ने सम्बन्धमा के कस्तो व्यवस्था रहेको छ ?

नेपालस्थित फर्म, कम्पनी वा संस्थाले भारतबाहेक तेस्रो मुलुकबाट नेपालमा सेवा लिएबापत अमेरिकी डलर पाँच हजारसम्मको रकम बैंक तथा वित्तीय संस्थाबाट पठाउन सकिन्छ । अमेरिकी डलर पाँच हजारभन्दा बढी १२ हजारसम्मको रकम नेपाल सरकारको सम्बन्धित नियामक निकायको सिफारिसमा वाणिज्य बैंकबाट पठाउन सकिन्छ । अमेरिकी डलर १२,००० वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा माथिको हकमा भुक्तानीको लागि नियामक निकायको सिफारिससहित नेपाल राष्ट्र बैंकको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान हुने व्यवस्था छ ।