फर्म, कम्पनी वा संस्थाले भारतबाट नेपालमा सेवा लिएबापत भारतीय रुपैयाँमा भुक्तानी गर्ने सम्बन्धमा के कस्तो व्यवस्था रहेको छ ?

नेपालस्थित फर्म, कम्पनी वा संस्थाले भारतबाट नेपालमा सेवा लिएबापत भारतीय रुपैयाँ तीन लाखसम्मको रकम वाणिज्य बैंकबाट पठाउन सकिन्छ । भारतीय रुपैयाँ तीन लाखभन्दा बढी ३० लाखसम्मको रकम नेपाल सरकारको सम्बन्धित नियामक निकायको सिफारिससहित वाणिज्य बैंकबाटै पठाउन सकिन्छ । सोभन्दा अधिक रकमको हकमा नियामक निकायको सिफारिससहित नेपाल राष्ट्र बैंकको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्न सकिन्छ ।