बैंकिङ विभागबाट कसरी विदेशी मुद्रा सटही गर्न सकिन्छ ?

नेपाली नागरिकलाई भारतबाहेक अन्य मुलुकहरुको भ्रमणमा जाँदा आवश्यक पर्ने कागजात तथा यस बैंकले तोकेको अन्य आवश्यक कागजातको आधारमा विदेशी मुद्राको नगद मौज्दातको अवस्था हेरी प्रतिपटक अधिकतम अमेरिकी डलर २५००।– वा सोबराबरको परिवर्त्य विदेशी मुद्रा बैंकिङ विभागबाट सटही गर्न सकिन्छ । तर, यस्तो सटही सुविधा एक वर्षमा २ पटक नबढ्ने गरी मात्र प्रदान हुनेछ ।

साथै, कुनै पनि नेपाली नागरिकसँग भएको विदेशी मुद्रा सटही गर्न आम्दानीको स्रोत खुलेको विवरण, राहदानीको छविचित्र र तोकिएको अन्य कागजातसहित यस बैंकको बैंकिङ विभागमा सम्पर्क गर्नुपर्नेछ । बैंकिङ विभागले अधिकतम अमेरिकी डलर ५,०००।– सटही गरी ने.रु. उपलब्ध गराउनेछ ।