बैंक तथा वित्तीय संस्थामा कारोबार गर्दा के-कस्ता सेवा निःशुल्क पाइन्छ र के कस्तो सेवाका लागि शुल्क लाग्छ ?

बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (Good for Payment चेक समेत), चेकको Stop Payment गर्दा, मौज्दात प्रमाणित गर्दा (Balance Certification), खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिंदा, बिप्रेषण रकम खातामा जम्मा गर्दा, ABBS लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाउँदैनन् । तर, ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटकभन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क भने लिन सक्छन् ।