बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बारम्बार बढाउन पाउँछन ?

कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधारदरसँग आबद्ध गरिएको हुन्छ । कर्जा प्रस्तावमा बैंकले आधारदरमा कति प्रतिशत प्रिमियम थप गर्ने हो स्पष्टरुपमा उल्लेख गर्नु पर्दछ । समयमै ऋण भुक्तानी गरिरहेका ऋणीको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधारदर बढेको प्रतिशतसम्म मात्र बढाउन सकिन्छ तर कर्जा प्रस्तावमा उल्लेखित प्रिमियम दर भने बढाउन पार्ँइदैन । यसरी ब्याज बढाउँदा एक त्रयमासमा एक पटक मात्र बढाउन पाइन्छ ।