बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा के के शुल्क लिन पाउँछन् ?

बैंक तथा वित्तीय संस्थाले कर्जा दिए वापत प्रशासनिक सेवा शुल्क, नवीकरण शुल्क (थप अवधिका लागि कर्जा नवीकरण गर्नुपर्दाको अवस्थामा), कर्जा स्वाप गर्दाका बखत स्वाप शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिबद्धता शुल्क लिन पाउँछन् । ग्राहकले यी शुल्क बाहेक अन्य कुनै प्रकारको शुल्क तिर्नु पर्दैन ।