बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण कसरी गरिन्छ?

बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण गरी दुर्इ प्रकारले गरिन्छ । स्थलगत निरीक्षण विधिमा सम्बन्धित बैंक वा वित्तीय संस्थामा सुपरिवेक्षण विभागको टोली खर्टाई निरीक्षण कार्य गराइन्छ भने गैरस्थलगत सुपरिवेक्षण विधिमा बैंक वा वित्तीय संस्थाले गरेको कुनै कार्यसँग सम्बन्धित कागजात तथा सूचना सम्बन्धित सुपरिवेक्षण विभागमै मगाएर परिक्षण तथा अध्ययन गरिन्छ ।