बैंक तथा वित्तीय संस्थाहरूले एकमुष्ट प्रदान गरिने पुनरकर्जा कसरी प्राप्त गर्न सक्छन् ?

एकमुष्टरूपमा प्रदान गरिने पुनरकर्जाको लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन आहृवान गर्दछ । उक्त आहृवानमा तोकिएको समयावधिभित्र बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक ऋणीको विवरण सहित तोकिएको ढाँचामा आवेदन गरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा प्राप्त गर्न सक्छन ।