भारतस्थित अस्पताल तथा नर्सिङ्ग होममा गई औषधोपचार गराउन रकम पठाउने सम्बन्धी के व्यवस्था छ ?

भारतस्थित अस्पताल तथा नर्सिङ्ग होममा गई औषधोपचार गराउन नेपालमा मान्यता प्राप्त रजिष्टर्ड डाक्टरबाट सिफारिस भएको कागजातको आधारमा आवश्यकता र औचित्य हेरी अधिकतम भा.रु. ५०,००० सम्म नगदमा नै सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था छ । साथै, चिकित्सकले गरेको सिफारिस, उपचार गराउने संस्थामा लिएको Appointment वा उक्त अस्पतालबाट उपलब्ध गराएको अनुमानित लागत र उपचार प्रयोजन प्रष्ट हुने अन्य कागजात प्रमाणको रुपमा लिई आवश्यक पर्ने रकम सम्बन्धित अस्पतालको नाममा बैंकिङ्क उपकरण मार्फत सटही दिन सकिने व्यवस्था रहेको छ ।