भारतीय नागरिकहरूका लागि भारतीय रूपैयाँ सटही सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट के व्यवस्था गरिएको छ ?

नेपाल राष्ट्र बैंकबाट भारतीय नागरिकहरूलाई समेत भारतीय रूपैंया सटही प्रदान गरिन्छ । विभिन्न पेशा व्यवसाय तथा अन्य कारणले नेपालमा रहेका भारतीय नागरिकहरूलाई निजको परिचय खुल्ने सक्कल कागजात, आवश्यकता र औचित्यको आधारमा सामान्यतया एक हप्तामा एकपटकमा बढीमा भारतीय रूपैयाँ ५,०००।- सम्म सटही सुविधा प्रदान गर्न सकिन्छ ।