भारत बाहेक अन्य मुलुकस्थित अस्पतालमा गई औषधोपचार गराउन रकम पठाउने सम्बन्धी के व्यवस्था छ ?

भारत बाहेक अन्य मुलुकस्थित अस्पतालमा गई औषधोपचार गराउन वा आवश्यक औषधी खरिद गर्ने प्रयोजनका लागि तोकिएको प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थाहरु मार्फत वार्षिक अमेरिकी डलर १० हजारसम्म सटही सुविधा प्रदान हुने व्यवस्था छ । सो भन्दा बढी रकमको सटही सुविधा आवश्यक भएमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने हुन्छ ।