भुक्तानी प्रणाली सञ्चालकले के काम गर्दछन् ?

भुक्तानी प्रणाली सञ्चालकले विद्युतीय भुक्तानीसम्बन्धी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्दछन् । समाशोधन गृह, विद्युतीय कार्ड सञ्जाल र अन्य विद्युतीय (अनलाइन) भुक्तानी सञ्जाल सञ्चालन गर्ने संस्था भुक्तानी प्रणाली सञ्चालकअन्तर्गत पर्दछन् ।