मनिचेञ्जरले इजाजतपत्र प्राप्त/नवीकरण गर्न कति रकमको धरौटी/बैंक ग्यारेण्टी पेस गर्नुपर्छ ?

मनिचेञ्जरले इजाजतपत्र प्राप्त/नवीकरण गर्न देहायबमोजिमको धरौटी/बैंक ग्यारेण्टी पेस गर्नुपर्दछः
(क) भारतीय रुपैयाँ खरिद बिक्री कारोबारको लागि एक लाख रुपैयाँ ।
(ख) परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि पाँच लाख रुपैयाँ ।
(ग) उपर्युक्त दुवै कारोबारका लागि छ लाख रुपैयाँ ।
(घ) विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापतको सटही सुविधासमेत प्रदान गर्ने कारोबारका लागि थप दुई लाख रुपैयाँ ।
उल्लिखित धरौटी÷बैंक ग्यारेण्टीको अतिरिक्त नेपाल राष्ट्र बैंकमा देहायबमोजिम नगद धरौटीसमेत राख्नुपर्दछ:
(क) भारतीय रुपैयाँ खरिद बिक्री कारोबारको लागि पचास हजार रुपैयाँ
(ख) परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि पचहत्तर हजार रुपैयाँ
(ग) उपर्युक्त (क) र (ख) दुवै कारोबारका लागि एक लाख रुपैयाँ ।