मनिचेञ्जरले इजाजतपत्र प्राप्त/नवीकरण गर्न कति शुल्क बुझाउनुपर्छ ?

मनिचेञ्जरले इजाजतपत्र प्राप्त/नवीकरण गर्न देहायबमोजिम शुल्क बुझाउनुपर्छ
(क) भारतीय रुपैयाँ खरिद बिक्री कारोबारको लागि पच्चिस हजार रुपैयाँ ।
(ख) परिवर्त्य विदेशी मुद्राको खरिद कारोबारका लागि एक लाख रुपैयाँ ।
(ग) उपर्युक्त (क) र (ख) दुवै कारोबारका लागि एक लाख पच्चिस हजार रुपैयाँ ।
(घ) विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानीबापत तोकिएबमोजिमको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप पच्चिस हजार रुपैयाँ ।